उपत्यकामा ट्राफिक नियम उलंघन गर्ने स्कुल बसका १६ चालक कारबाहीमा

काठमाडाैं | चैत १५, २०७९

उपत्यकामा ट्राफिक नियम उलंघन गर्ने स्कुल बसका १६ चालक कारबाहीमा

काठमाडौं : उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

 

स्कुल बस निर्देशिका बमोजिम मापदण्ड  पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ जना स्कुल बसका चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक  प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

 

स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस संचालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ ।

 

जसमा बसको अवस्था ठिक नराख्ने ८ जना र लापरबाहीका साथ बस चलाउँदै गरेका ८ जना रहेका छन्। चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्‍य ३१४ जना चालक समेत कारबाहीमा परेका छन्।

 

काठमाडौं उपत्यकाको आवागमनलाई सहजीकरण गर्न,सवारी दुर्घटना न्यूनिकरण गर्न र ट्राफिक नियमको पालना गराउन ट्राफिक प्रहरीले नियमित तथा विशेषा चेकिङ गर्दै आएको छ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्